कुवेत । कुवेतमा केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण भएको दुःखद घटनामा ११ नेपाली नागरिक सहित ३५ जनाको मृत्यु भएको छ । केही व्यक्ति अस्पताल भर्ना भएका छन्। तीमध्ये केहीको मृत्यु भएको छ भने केहीको अवस्था गम्भीर रहेको छ। केही बिरामीहरू विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत छन्।
राजदूतावासले घटनाको जानकारी पाउनेबित्तिकै राजदूतसहितका कर्मचारीहरूले विभिन्न अस्पतालको भ्रमण गरी बिरामीहरूको अवस्थाबारे जानकारी लिएका थिए। दूतावासले सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयसँग निरन्तर सम्पर्कमा रही बिरामीहरूको उचित उपचारका लागि समन्वय गरिरहेको छ।
राजदूतावासले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, दूतावासले स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन पनि विशेष अनुरोध गरेको छ।
यस सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको व्हाट्सएप नम्बर ं९६५६१००८९५६ मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ। कुवेतमा मदिरा र त्यो संग सम्बन्धित बस्तु खरिद–बिक्री, ओसार–पसार तथा मदिरा राख्न र पिउन पनि अवैधानिक छ । तरपनि यस्तो मदिरा सेवनबाट घटना हुनु दुखद छ ।