काठमाडौं । नेकपा (एमाले) ठोरी–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको ठोरी युथ फुटसल प्रतियोगिता २०८२ सम्पन्न भएको छ। शनिबार बूढानीलकण्ठस्थित एक फुटसल मैदानमा आयोजित फाइनल खेलमा निर्मल समाज युवा क्लब ठोरी–४ विजयी भएको छ।
प्रतियोगितामा कूल ९ टिमको सहभागिता रहेको थियो । जसमा ठोरी गाउँपालिकाको वडा नं. १ देखि ५ सम्मका टिमहरू समावेश थिए। कडा प्रतिस्पर्धाबीच, निर्मल समाज युवा क्लबले थ्री स्टार क्लब ठोरी–१ लाई पराजित गर्दै उपाधि जितेको हो।
विजेता बनेको निर्मल समाज युवा क्लबले नगद रु। २२,२२२ र उपविजेता बनेको थ्री स्टार क्लबले रु. ११,१११ पुरस्कार प्राप्त गरेका छन्। ठोरी क्षेत्रका युवाहरूबीच आपसी सद्भाव र खेलकुदको भावना अभिवृद्धि गर्नु खेलको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले ठोरी गाउँपालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, विशिष्ट अतिथिमा गायक तथा माओवादी युवा नेता बाबा पाख्रीन रहेका थिए ।
त्यस्तै रामशरण श्रेष्ठ, वीर बहादुर कुवर, हेम श्रेष्ठ, मुन्ना श्रेष्ठ, झमक श्रेष्ठ, कृष्ण श्रेष्ठ र अशोक लगायतका व्यक्तिहरूको पनि आतिथ्यता रहेको थियो। प्रतियोगिताको अध्यक्षता कृष्ण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सन्तोष श्रेष्ठले गरेका थिए ।