वीरगंज । नेपाल आयल निगमले शनिबार बिहानदेखि पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाउँदै डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँ घटाएको छ।
नयाँ दरअनुसार पेट्रोल पहिलो वर्गमा १५८.५० रुपैयाँ, दोस्रोमा १६० रुपैयाँ र तेस्रोमा १६१ रुपैयाँ तोकिएको छ। डिजेल तथा मट्टीतेल पहिलो वर्गमा १४६.५० रुपैयाँ, दोस्रोमा १४८ रुपैयाँ र तेस्रोमा १४९ रुपैयाँ निर्धारण गरिएको छ। वर्गीकरणमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पहिलो, सुर्खेत र दाङ दोस्रो र काठमाडौं, पोखरा तथा दीपायल तेस्रो वर्गमा छन्।