काठमाडौं । नेपाली कांग्रेसले बिहीबार मात्र पार्टी प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ।
पूर्व लोकतान्त्रिक समाजवादी पार्टी महामन्त्री यादवमाथि फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको थाहा पाएपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सदस्यता खारेज गरिएको उल्लेख छ।
कांग्रेसले कानुनी प्रक्रियाबारे गृह प्रशासनको ध्यानाकर्षण गराएको छ। सभापति शेरबहादुर देउवाले नेताहरूको आग्रहमा यादवलाई बिहीबार बिहान सदस्यता दिएका थिए।