• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

जनकपुरमा पत्रकारमाथि भएको आक्रमणमा प्रधानमन्त्री ओलीको चासो, दोषीमाथि कारबाही गर्न निर्देशन

by
प्रकाशित मिति : २०८२ श्रावण ३०, शुक्रबार १९:०४ गते
जनकपुरमा पत्रकारमाथि भएको आक्रमणमा प्रधानमन्त्री ओलीको चासो, दोषीमाथि कारबाही गर्न निर्देशन
17
SHARES
191
VIEWS

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा पत्रकारहरुमाथि भएको आक्रमणका दोषीलाई कारवाही गर्न संकेत गरेका छन् । धनुषाको जनकपुरधाममा निर्मित मधेस प्रदेश प्रहरी कार्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले वार्ता र संवादबाट हल हुने विषयमा भौतिक आक्रमणमा उत्रिनु गलत भएको बताए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशले आक्रमणकारीहरुलाई कारवाही गर्न माग गर्दै कार्यक्रमस्थलमै ज्ञापनपत्र बुझाएपछि सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पत्रकारमाथि भएको आक्रमणको विषयमा कानूनी दायरामा ल्याएर कारवाही गर्न सम्बन्धित निकायलाई संकेत गरे । वकिलहरुको आक्रमणबाट घाईते भएका पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ पनि बैशाखी मै कार्यक्रम स्थलमा सहभागी थिए ।

ADVERTISEMENT
उनीतर्फ देखाउदै प्रधानमन्त्री ओलीले भने, ‘उ त्यहाँ एकजना बैशाखी टेकेको भाईले यहाँ अगाडि देखा पर्दै हुनुहुन्थ्यो । केही भन्न खोजी राख्नु भएको छ । किन बैशाखी टेक्नुप¥यो उहाँले यसकुरातर्फ म प्रहरीको पनि ध्यानकर्षण गराउन चाहन्छु । प्रशासनको पनि ध्यानाकर्षण गराउन चाहन्छु । अर्को कुरा संवादबाट हुने कुरा, कानूनी प्रकृयाबाट हुने कुरा वार्ताबाट हुने कुरा जोरजुलुम गर्ने परिपाटी अन्त्य गरिनुपर्छ ।’

प्रधानमन्त्रीले सम्बोधनका क्रममा के भएको हो, बुझ्न र कारबाही अगाडि बढाउन प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराएपछि कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक दीपक थापाले पनि डायरीमा नोट गरेका छन् । अब यहाँका प्रहरी उपरीक्षक (एसपी) र प्रशासनले कसरी अनुसन्धान अगाडि बढाएर दोषीलाई पक्राउ गर्छन् भन्ने कुरा हेर्न बाँकी नै छ ।

प्रधानमन्त्रीले सार्वजनिक मञ्चमै सम्बन्धित निकायलाई ध्यानकर्षण सहित निर्देशन दिएपछि पत्रकारहरुमाथि भौतिक आक्रमणमा उत्रिएका वकिलहरुलाई कारवाही गर्न प्रहरी प्रशासनलाई भने दबाव बढेको छ । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिका सभापति श्याम बञ्जाराले आजै प्रधानमन्त्री ओलीलाई घटनासम्बन्धी फाइल बुझाएका थिए । यसले घटनाको गम्भीरतालाई थप उजागर गरेको छ। पत्रकारमाथि भएको आक्रमणको यो घटनाले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको छ, र प्रधानमन्त्रीको निर्देशनपछि यसमाथि न्याय हुने आशा गरिएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

महोत्तरीका देवेन्द्र यादवको सदस्यता कांग्रेसद्वारा २४ घण्टामै खारेज

Next Post

नेपाल र भारतका प्रभावशाली नेता र बुद्धिजीवीहरूको वीरगञ्जमा जमघट हुने

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In