२९ साउन, काठमाडौं । विशेष अदालतले बागमती नगरपालिका–४ का निलम्बित मेयर भरत थापा सहित विमलकुमार पोखरेल र सागर पौडेललाई भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थमा हानी पुर्याएको अभियोगमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ।
साथै, जनही १० करोड रुपैयाँ जरिवाना र अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा बुझाउन आदेश दिएको छ।