काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस कार्यक्रमको सिट सीमा बढाउने निर्णय गरेको छ।
अब एमबीबीएसमा अधिकतम १३० र बीडीएसमा ६० सिटसम्म तोक्न सकिनेछ। सिट निर्धारण मेडिकल कलेजको पूर्वाधार र फ्याकल्टीको आधारमा हुनेछ।
विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसलाई १३० सिट र मणिपाल शिक्षण अस्पताललाई १२० सिट पाइएको छ। यद्यपि, डा. गोविन्द केसीले सिट तथा शुल्क वृद्धि नगर्न चेतावनी दिएका छन्।