काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना मातहतका समितिहरूलाई पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरणको विवरण साउन मसान्तसम्म पठाउन निर्देशन दिएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, यो प्रक्रिया पूरा गरी प्रदेश समिति र केन्द्रीय कार्यालय दुवैलाई जानकारी गराउन भनिएको छ।
पार्टीका महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिलाई सदस्यता नवीकरणको काम तोकिएको समयभित्र पूरा गर्न आग्रह गरेका छन्। उहाँले यसमा ढिलासुस्ती भएमा प्रदेश अधिवेशनमा सहभागितामा समस्या आउन सक्ने र त्यसको जिम्मेवारी सम्बन्धित सदस्य र जिल्ला समितिले नै लिनुपर्ने चेतावनी पनि दिएका छन्।
जसपा नेपालले आगामी भदौ २५, २६ र २७ गते भित्र प्रदेश समितिको अधिवेशन गर्ने निर्णय गरिसकेको छ। यसका लागि पार्टीले ‘प्रदेश अधिवेशन निर्देशिका २०८२’ समेत जारी गरी सबै प्रदेश र जिल्ला समितिलाई जानकारी गराइसकेको बस्नेतले बताए।
गत वर्ष भदौ महिनादेखि सुरु भएको ुजनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानु को एक वर्षभित्र पार्टीले सबै तहका अधिवेशनहरू सम्पन्न गर्ने लक्ष्य लिएको छ।