वीरगञ्ज । वीरगञ्ज कलेजले यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । कलेजका व्यवस्थापन र कानुन संकायका विद्यार्थीहरुले असाधारण सफलता प्राप्त गरेका छन् । कलेजका अनुसार, व्यवस्थापन समूहका ७२.७९% र कानुन समूहका ८६.६६% विद्यार्थीहरू १२ कक्षा उत्तीर्ण गर्न सफल भएका छन् ।
यस वर्षको नतिजाको सबैभन्दा ठूलो विशेषता भनेको धेरैजसो विद्यार्थीहरूले एसईई परीक्षाको तुलनामा १२ कक्षामा बढी अंक ल्याउनु हो । सामान्यतया माथिल्लो तहमा जाँदा अंक घट्ने गरेको पाइन्छ, तर वीरगञ्ज कलेजका विद्यार्थीहरूले यो मान्यतालाई गलत सावित गरिदिएका छन् । यसले कलेजको शिक्षण विधि र विद्यार्थीको मेहनतलाई प्रष्ट पारेको छ ।
कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई कलेजले सम्मान पनि गरेको छ । बुधबार विद्यार्थीहरुलाई कलेज परिवारले सम्मान गरेको हो । आफ्नो मेहेनत र परिश्रमबाट कलेजको गरिमा बढाएकोमा विद्यार्थीहरुलाई धन्यवाद दिदै आगामी थप शैक्षिक विकास र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।
यस सफलताको पछाडि कलेजका शिक्षक, कोअर्डिनेटर, सहायक प्रमुख, प्रशासन प्रमुख, र सम्पूर्ण कर्मचारीहरूको अथक मेहनत र कलेजको उत्कृष्ट आन्तरिक नीतिको महत्त्वपूर्ण भूमिका रहेको छ । साथै, विद्यार्थीहरूको लगनशीलता र अभिभावकहरूको अटूट विश्वासले यो उपलब्धि सम्भव भएको कलेज सञ्चालक समितिका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले बताए ।
कलेजका विद्यार्थीहरु उत्कृष्ट नतिजा सहित कक्षा १२ उत्तीर्ण भएपछि खुशी व्यक्त गर्दै कलेज सञ्चालक समितिका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले सम्पूर्ण कलेज परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिनुको साथै उज्ज्वल भविष्यको शुभकामना दिएका छन् । कक्षा १२ को नतिजाले वीरगञ्ज कलेजलाई यस क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित गरेको छ ।
कक्षा ११ मा कानून र पत्रकारिताको अध्ययन हुने उपत्यकापछिको पहिलो कलेज वीरगन्ज कलेज हो । डा.चौधरीकै नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेण्ट कलेजमा बीबीए कार्यक्रम र वीरगन्ज मल्टिपल कलेजमा राजर्षीजनक विश्वविद्यालयको एमबीए कार्यक्रम अध्ययन हुने गरेको छ । कम उमेरमै पूँजीगत बजेटिङमा विद्यावारिधी गरेका डा.चौधरीको तथ्यांकगत अध्ययन अनुसन्धानमा राम्रो दख्खल रहेको छ ।