• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

धनमाया लामा घलानको संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी) बारा जिल्ला समिति गठन

by
प्रकाशित मिति : २०८२ श्रावण २८, बुधबार ०९:४८ गते
धनमाया लामा घलानको संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी) बारा जिल्ला समिति गठन
0
SHARES
4
VIEWS

कलैया । नेकपा (माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बारा जिल्ला समन्वय समितिको दोस्रो जिल्ला भेला मंगलबार कलैयामा भव्य रूपमा सम्पन्न भएको छ। भेलाले सर्वसम्मत निर्णय गर्दै ८५ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ। नव–निर्वाचित नेतृत्वमा धनमाया लामा घलान संयोजक, मिना सिंह सह–संयोजक र पार्वती फौजदार सचिवमा चयन भएका छन्।
भेला बाराको कलैया–४ स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा अनेम संघ (क्रान्तिकारी) बारा जिल्ला अध्यक्ष शोभा कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठले भेलाको उदघाटन गरेका थिए । उदघाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज श्रेष्ठले महिला विना कुनैपनि क्रान्ति अधुरो रहने भन्दै अनेम संघ (क्रान्तिकारी)को योगदानलाई माओवादी आन्दोलनको ऐतिहासिक हिस्सा भएको उल्लेख गरे।
वक्ताहरूले अनेम संघ (क्रान्तिकारी)लाई महिला अधिकार, लैङ्गिक समानता र सामाजिक न्यायका सवालमा अग्रपंक्तिमा रहेको संगठनका रूपमा चित्रण गर्दै महिला आन्दोलनलाई सशक्त बनाउन आवश्यक संगठनात्मक संरचना र जनस्तरमा पहुँच विस्तारको महत्त्व औंल्याए। ग्रामीण क्षेत्रमा महिला शिक्षा, स्वास्थ्य सचेतना, घरेलु हिंसा अन्त्य र आर्थिक सशक्तीकरणका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिइयो।

अध्यक्ष शोभा कार्कीले आफ्नो कार्यकालमा संगठन विस्तार, सदस्य संख्या वृद्धि र महिला सशक्तीकरण अभियानमा दिएको योगदानबारे अनुभव सुनाइन्। उनले नयाँ नेतृत्वलाई योजनाबद्ध, जनमुखी र क्रियाशील कार्यशैली अपनाउन सुझाव दिइन्।

ADVERTISEMENT

भेलाले आगामी वर्षका लागि विस्तृत कार्ययोजना पारित गरेको छ, जसअन्तर्गत गाउँ–टोलस्तरमा संगठन विस्तार, स्वास्थ्य–शिक्षा सचेतना अभियान, घरेलु हिंसा विरुद्ध जनचेतना, राजनीतिक तालिम र स्थानीय तहसँग सहकार्य गर्दै महिला अधिकार र समानताको सवालमा अभियान सञ्चालन गर्ने निर्णय भएको छ।

नव–निर्वाचित संयोजक धनमाया लामा घलानले विश्वासको मत दिएकोमा आभार व्यक्त गर्दै संगठनलाई जनताको पक्षमा निरन्तर क्रियाशील बनाउने, महिलाको आवाज बलियोसँग प्रस्तुत गर्ने र जिल्लाभर महिला आन्दोलनलाई सबल बनाउने प्रतिबद्धता जनाइन्। दोस्रो जिल्ला भेलाले बारा जिल्लामा महिला आन्दोलनलाई नयाँ ऊर्जा, दृढ नेतृत्व र स्पष्ट कार्ययोजना प्रदान गरेको छ, जसले जिल्लामा महिला अधिकारका लागि संघर्षलाई नयाँ उचाइमा पु–याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य प्रभु यादव, रबिराज डङ्गाल, कलैया उपमहानगरपालिका प्रमुख मुकेश साह, मधेसी मुक्ति मोर्चा बारा जिल्ला अध्यक्ष उमेश यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहता, प्रदेश सचिव रन्जित पाण्डे, वाईसीएल नेपाल मधेश प्रदेश इञ्चार्ज देवशरण साह लगायत नेता कार्यकर्ताहरूको उपस्थिति थियो।

Advertisment Advertisment Advertisment
Previous Post

पर्साको बहुदरमाईमा आगलागी, एक जना घाइते, ४ लाख ५० हजार बराबरको क्षति

Next Post

ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाल पक्राउ

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In