वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा १ र २ को क्षेत्रिय सभापतिमा राम आर्य र फैयाज मिया चुनिएका छन । आज बिरगंजको गेट्वे होटल मा सम्पन्न क्षेत्र १ र २ को क्षेत्रीय भेलाले आर्य र मियालाइ क्रमश १ र २ को क्षेत्रीय सभापतिमा चयन गरेको हो ।
भेलाले क्षेत्र १ मा राम सुन्दर आर्यको सभापति त्वमा ७ सदस्यीय समिती गठन गरेको छ । समिति उपसभापतिमा पम्फा गिरि ,श्याम बाबू गुप्ता सचिवमा कासिम मिया र सदस्यहरुमा रामहरी उपाध्याय ,बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन ।
त्यसैगरि क्षेत्र २ मा फैयाद मियाको सभापतित्वको समिति उपसभापति परितोश द्विबेदी ,शान्ति ढकाल ,सचिवमा किशन साह र सदस्यहरुमा बिजय कु यादब , अमित शाह र प्रमोद कुमार उपाध्याय चुनिएका छन ।
रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै नै पर्साका बाकी रहेका क्षेत्र न ३ र ४ पनि गठन गरेर चारै वटा क्षेत्रलाई पूर्णता दिइने बताए । सभापति पन्तले जिल्लाका शिक्षित र बौद्धिक बर्गहरु रास्वपामा जोडिने क्रम तीब्र रहेको बताए ।