जनकपुर । धनुषाको मिथिला नगरपालिका–२ मा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ।
पक्राउ परेकामध्ये पप्पु साहको दाहिने खुट्टामा गोली लागेको छ भने अर्की महिला पनि पक्राउ परेकी छिन्। उनीहरूको साथबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
अपरेसन प्रहरी निरीक्षक रोकश यादव र वरिष्ठ सई बालकृष्ण सन्जेलको नेतृत्वमा गरिएको हो।