वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं.–२ मा सोमबार साँझ आगलागी हुँदा एक जना घाइते भएका छन् भने करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। साँझ ५ः१० बजेको समयमा स्थानीय राजु रामको फुसको घरको चुलोमा भैँसीको खोले पकाउन बालिएको आगोबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगोलागीबाट राजु रामको फुसको घर र घरसँगै जोडिएको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका भाँडाकुँडा, अन्नपात र गोठभित्र रहेको भैँसीको पाडो र एउटा बाख्रा पनि जलेर मरेका छन्।
आगो निभाउने क्रममा घरधनी राजु रामको शरीरका विभिन्न भागमा चोट लागेको छ। उहाँलाई अस्थायी प्रहरी चौकी बिन्दाबासिनीबाट खटिएको प्रहरी सहायक हवल्दार ओम प्रकाश यादवको टोलीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जनाएका छन्। प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा साँझ ६ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। उक्त आगलागीबाट करिब रु। ४,५०,००० ९चार लाख पचास हजार० बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ।