• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वकिलहरुले पत्रकारमाथि गरेको भौतिक आक्रमणको चौतर्फी निन्दा र भत्र्सना

by
प्रकाशित मिति : २०८२ श्रावण २७, मंगलवार २१:४३ गते
वकिलहरुले पत्रकारमाथि गरेको भौतिक आक्रमणको चौतर्फी निन्दा र भत्र्सना
23
SHARES
260
VIEWS

वीरगन्ज । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका अध्यक्ष श्याम बञ्जरा लगायत पदाधिकारी र अन्य पत्रकारहरुमाथि धनुषाका कानून व्यावसायीहरुले गरेको भौतिक आक्रमणको चौतर्फी आलोचना र निन्दा भएको छ ।

नेपाल पत्रकार महासंघ, मधेस प्रदेशको स्थायी कार्यालय भवन निर्माणका लागि गुठी संस्थानसँग कानूनी रूपमा लिज सम्झौता गरिएको जग्गामा तारबार लगाउने क्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष सहितको वकिलहरूले अवरोध गर्नुका साथै भौतिक आक्रमणमा पनि उत्रिएका थिए ।

ADVERTISEMENT

वकिलहरुको आक्रमणबाट नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारासहित आधा दर्जन पत्रकार घाइते भएका छन् । घटना क्रम अनुसार धनुषा जिल्लाको जनकपुरधाममा रहेको गुठीको ४ कठ्ठा जग्गा महासंघलाई भवन निर्माणका लागि गुठी संस्थानले लिजमा दिएको थियो । सोही जग्गामा तारबार लगाउन महासंघका पदाधिकारी र सदस्यहरू बिहानैदेखि उपस्थित थिए ।

अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदार लगायतको उपस्थितिमा तारबारको काम भइरहेको थियो । त्यही क्रममा कुनै आधिकारिक आदेश वा कानुनी प्रक्रियाबिना नै वकिलहरूको एक समूहले काम रोक्न खोज्दै भौतिक आक्रमण गरेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्षलाई ज्यान मार्ने उद्देश्यले नै निशाना बनाएर आक्रमण गरेको र अन्य पदाधिकारीहरुले रोक्न खोज्दा उनीहरुलाई पनि आक्रमण गरी घाईते बनाएको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ ले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरी सम्झौताका कागजातसहित काम गरिरहेको बताउँदै वकिलहरूबाटै कानुनको उल्लङ्घन हुनु दुर्भाग्यपूर्ण रहेको नेपाल पत्रकार महासंघको भनाई छ ।

आक्रमणमा महासंघ प्रदेश अध्यक्ष बन्जारा, महिला उपाध्यक्ष झा, महासचिव महतोसहित आधा दर्जन पत्रकार घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । महासंघले वकिलहरूको यो कार्यलाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको हक–अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस सेन्टर नेपाल मधेस प्रदेश, प्रेस चौतारी नेपाल मधेस प्रदेश, नेपाल पत्रकार महासंघ पर्सा शाखा लगायतका संघ संगठनहरुले घटनाको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि अविलम्ब कारवाहीको माग समेत गरेका छन् । घटनाको बारेमा पत्रकार महासंघले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाएको छ ।

यस कार्यको स्थानीय सञ्चारकर्मी र सामाजिक अगुवाहरूले समेत विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । कालो कोट लगाएर पीडितलाई न्याय दिलाउन बहस गर्ने वकिलहरुले नै अराजकशैलीमा भौतिक आक्रमणमा उत्रिनु निन्दनीय मात्रै होईन स्वतन्त्र प्रेसमाथिको नाङ्गो हस्तक्षेप र आक्रमण भएको विभिन्न सञ्चार सम्वद्ध संघ संगठनले जनाएका छन् ।

Advertisment Advertisment Advertisment

यसले समाजका लागि नकारात्मक संदेश गएको र आगामी दिनमा त्यस्तो दोहोरिन नदिन धनुषाका कानून व्यावसायीहरुलाई सचेत पनि गराएका छन् ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, प्रेस सेन्टर मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, प्रेस चौतारीका मधेस प्रदेश महासचिव दिवाकर भण्डारी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजय कुमार महतो लगायतले विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गर्नुका साथै दोषीमाथि छानविन गरी कारवाहीको माग गरेका छन् ।

साथै घाईतेहरुको स्वास्थ्य उपचारको व्यावस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै घाईतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

Previous Post

‘योर देल्हि वान ट्रेडर्स’ ले आयात गरेको आहारपूरक खाद्य पदार्थ रोक

Next Post

पर्साको बहुदरमाईमा आगलागी, एक जना घाइते, ४ लाख ५० हजार बराबरको क्षति

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In