सुनसरी । सुनसरीमा आज बिहान बस र माइक्रोबस ठोक्किंदा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
यो घटना जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलमा भएको हो। काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएका हुन्।
दुर्घटनामा २ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान भने खुलिसकेको छैन। घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ।
बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।