वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ का ३४ वर्षीय सुनिल कुमार साह तेली रहेका छन्। उनी अम्बे इन्टरप्राइजेज प्रा.लि. का सञ्चालक हुन्।
प्रहरीका अनुसार सम्मानित पर्सा जिल्ला अदालतले साहलाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र रु. ३० लाख जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि उनी फरार रहँदै आएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोलीले साउन २२ गते साहलाई उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन्।