हेटौंडा । प्रहरीले १ ग्राम १०० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का ३३ वर्षीय विजय लामा रहेका छन्।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले साउन २१ गते दिउँसो करिब ४:३० बजे हेटौंडा-९ गुम्बाचोकमा ना ४ प ९५९६ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा लामालाई शंका लागेपछि खानतलासी गरिएको थियो।
सो क्रममा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो।
प्रहरीले बरामद गरेको लागूऔषध र लामालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।