वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगञ्ज पर्साको संयुक्त आयोजनामा आज बिहान बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार बिहान भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बाईपास रोडस्थित वैष्णवी मन्दिर चोकदेखि नयाँ बसपार्कसम्म ७० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख अतिथ्यतामा क्षरोपण सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर वीरगञ्ज पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालय वीरगञ्ज पर्साका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनका किरण पौडेल र अनिल सिन्हा,
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म वीरगञ्ज भन्सार कार्यालय पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट,
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं र वीरगञ्ज महानगरपालिका वीरगञ्ज पर्साका नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषाल लगायतको उपस्थिति थियो। वृक्षारोपण कार्यक्रम बिहान ८ः४५ बजे सफलतापूर्वक सम्पन्न भयो।
नागरिक समाजका अगुवाहरू, समाजसेवी, बुद्धिजीवी, सुरक्षा निकायका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरू, सरकारी तथा गैर(सरकारी संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत करिब २५ जनाको उपस्थिति रहेको थियो। सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।