वीरगन्ज । मधेश प्रदेशमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै २५ वर्ष लामो शैक्षिक इतिहास बनाएको वीरगन्ज पब्लिक कलेजले यसै शैक्षिक सत्रदेखि ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रम सञ्चालनमा ल्याएको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कार्यक्रमले मोफसलका विद्यार्थीहरूलाई आधुनिक प्रविधिको उच्चस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको छ।
सोमबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले २०५७ सालमा स्थापित बीपीसी कलेजले युगसापेक्ष शिक्षाको आवश्यकता महसुस गरी सूचना प्रविधि क्षेत्रमा बढ्दो माग र अवसरलाई ध्यानमा राख्दै यसै वर्षदेखि द्यक्ष्त् कक्षा सञ्चालनमा ल्याइएको बताए ।
उनका अनुसार हाल प्लस टु, बीबीए, बीआईएम, बीबीएस्, एमबीए, एमबीएस, र एसीसीए जस्ता विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले यस वर्षदेखि सञ्चालन हुने BIT कक्षामा कुल ४८ जना विद्यार्थी भर्ना हुन सक्ने जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर भएका तर अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्तिको विशेष व्यवस्था समेत गरिएको स्पष्ट पारे ।
कलेजका कोअर्डिनेटर इन्जिनियर जय किसन सहनीले द्यक्ष्त् कार्यक्रमका लागि आधुनिक पूर्वाधार तयार पारिएको बताए । उनका अनुसार एक पटकमा ४८ जना विद्यार्थीलाई एकसाथ अभ्यास गर्न मिल्ने गरी कम्प्युटर प्रयोगशालाको व्यवस्था गरिएको छ।
साथै, कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, र आईटीओ ल्याब लगायतका अत्याधुनिक ल्याबहरू पनि सञ्चालनमा छन्। उनले पछिल्लो समय आईटी क्षेत्रमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले (BIT) कक्षा सञ्चालनमा ल्याइएको उल्लेख गरे ।
द्यक्ष्त् कार्यक्रम कुल चार वर्षको हुनेछ र यसमा आठवटा सेमेस्टर रहनेछन्। कलेजले प्रत्येक विद्यार्थीलाई पाठ्यक्रम अनुसारका आवश्यक पुस्तकहरू पुस्तकालयबाट उपलब्ध गराउने जनाएको छ।
वीरगन्ज पब्लिक कलेजले ‘शिक्षा र प्रविधिको सशक्त संयोजनमार्फत प्रदेशस्तरीय विद्यार्थीलाई उत्कृष्ट आईटी शिक्षा दिने’ आफ्नो लक्ष्य रहेको दोहोर्याएको छ।