सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध रूपमा भारततर्फ तस्करी गर्न लागिएको ७४ कार्टुन मदिरा बरामद गरेको छ। बरामद गरिएको मदिराको मूल्य अन्दाजी ७४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्राप्त जानकारीअनुसार, २०८२ साउन ८ गते दिउँसो करिब २स्३० बजे इलाका प्रहरी कार्यालय पातोबाट खटिएको गस्ती टोलीले डाक्नेश्वरी नगरपालिका वडा नं। ०४, कुशहा टोलस्थित सडक खण्डमा केही व्यक्तिहरूले टाउकोमा बोरा बोकी भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारेको थियो।
प्रहरी टोलीलाई देख्नेबित्तिकै तस्करहरू बोरा छाडेर फरार भएका थिए। प्रहरीले ती बेवारिसे बोरा खोली चेकजाँच गर्दा ुमामाश्रीु र ुदिलवालेु ब्रान्डका ७४ कार्टुन मदिरा फेला परेको थियो।
नियन्त्रणमा लिइएको उक्त मदिरालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिएका छन्।