वीरगन्ज । नेकपा माओवादीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (YCL ) द्वारा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । योङ्ग कम्युनिष्ट लिग (YCL) नेपालले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई रासायनिक मलको चरम अभावविरुद्ध ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पर्सामा पनि वाईसियले ज्ञापनपत्र बुझाएको हो ।
YCL नेपाल जिल्ला कार्यसमितिले पनि आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराएको छ।ज्ञापनपत्रमा सरकारले पटक–पटक मल आपूर्ति सहज बनाउने आश्वासन दिए पनि लाखौं किसानले अझै पनि गम्भीर संकट भोगिरहेको उल्लेख छ। YCL नेपालले पहुँचका आधारमा हुने असमान वितरण, दलाल तथा बिचौलियाको चलखेल र कालोबजारीजस्ता गतिविधिले किसानलाई प्रत्यक्ष असर पारेको भन्दै आक्रोश व्यक्त गरेको छ।
“कृषिप्रधान देशमा यस्तो अवस्था योजनाबद्ध रूपमा सिर्जना हुनु गम्भीर अपराध हो,” YCL नेपालले आफ्नो ज्ञापनपत्रमा भनेको छ, “यसप्रति YCL नेपाल घोर भर्त्सना गर्दछ।” YCL नेपालले सरकारसँग तत्काल रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई न्यायोचित बनाउन र दीर्घकालीन समाधानका लागि ठोस योजना ल्याउन जोडदार माग गरेको छ। साथै, किसानको पीडालाई बेवास्ता नगर्न चेतावनी दिँदै समयमै समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा YCL नेपालका जिल्ला इञ्चार्ज परमानन्द कुमार, जिल्ला अध्यक्ष दीपेन्द्र सिंह पटेल, जिल्ला उपाध्यक्ष शिवशंकर गुप्ता, जिल्ला सहसचिव शा उर्य, महानगर इन्चार्ज महेश पटेल, महानगर उपाध्यक्ष नेहाल शेख र महानगर सहसचिव राजा ठाकुर नितेश लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।