वीरगन्ज । रोट्र्याक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको नयाँ नेतृत्वको पदस्थापन सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस २०२४र०२५ का अध्यक्ष दीपु वर्णवालको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा नयाँ नेतृत्वमा आएका रोहित गुप्ता लगायतको पदस्थापन गरिएको हो ।
संस्थाको २०२५र०२६ का लागि अध्यक्षमा गुप्ता, उपाध्यक्षमा रामविनय यादव र आनन्द साह, सचिवमा आलोक ठाकुर, कोषाध्यक्षमा नकुल गुप्ता, सहसचिव तथा फाउण्डेशन चेयर वीना प्रजापति, पुष्प गुप्ता डाईरेक्टर मेम्बरशीप, योङ्ग लिडर्स कन्ट्याक्टमा स्वेता साह चयन भएका छन् ।
त्यस्तै प्रकृति ठाकुर प्रोफेसनल डेभेलपमेण्ट डाईरेक्टर, मनिकान्त प्रसाद साह सर्भिस प्रोजेक्ट र रोशन गुप्ता क्लब एडमिनिष्ट्रेटरमा चयन भएका छन् । वीरगन्ज पब्लिक कलेजमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि रोटरियन सञ्जय जोशीले उदघाटन गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले युवा पुस्ताले संघ संस्थामा लागेर सेवा गर्नु समाजको लागि सकारात्मक सन्देश भएको बताए ।
समाजको गतिशिल शक्ति नै युवाशक्ति भएकोले युवाहरुले सामाजको नेतृत्व लिएर अगाडि बढेमा देश विकासमा पनि टेवा पुग्ने बताए ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ द इयरबाट आनन्द साह सम्मानित भएका छन् । विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र युवासमूहको सहभागिता रहेको थियो ।