वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी निरीक्षक लोकराज भट्ट, असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी ‘TRAFFIC POLICE OF THE MONTH’ घोषित भएका छन्।
मधेस प्रदेशको आठ वटा जिल्ला सात जिल्लालाई पछि पार्दै पर्साका ट्राफिक प्रहरी निरीक्षक भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरीले सम्मान गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ ।
प्रहरी निरीक्षक भट्ट र उनको सम्पूर्ण टोलीलाई विभागीय मूल्य, मान्यता, आदेश र निर्देशनबमोजिम इमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित तथा लगनशील भई कार्य गरेकोमा उच्च मूल्यांकन गरिएको ट्राफिक व्यावस्थापन कार्यालय पथलैयाले जनाएको छ।
भट्टको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ। गत आर्थिक वर्षमा, मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये वीरगञ्ज पर्साले उच्च अंकमा राजश्व संकलन गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेलेको जनाएको छ।
यसका साथै, कार्यसम्पादन सम्झौतामा उल्लेख्य लक्ष्य प्राप्ति र ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नमा समेत प्रहरी निरीक्षक भट्ट र उनको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ।