वीरगञ्ज । रोट्र्याक्ट क्लब अफ वीरगन्जले वीरगन्ज चिनीमिल आवासक्षेत्र भित्र रहेको पशुपतिनाथ मन्दिर परिसरमा ५ वटा डस्टबिन प्रदान गरेको छ। आफ्नो निरन्तर अभियान ‘स्वच्छ मन्दिर अभियान’ अन्तर्गत पवित्र सरसफाइ र वातावरणीय उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मन्दिरका लागि डष्टविन प्रदान गरेको हो ।
मन्दिर परिसरलाई स्वच्छ राख्नका लागि र फोहोरमैला व्यवस्थापनमा सहयोग पु¥याउनका लागि डष्टविन उपलब्ध गराईएको संस्थाले जनाएको छ ।
भक्तजनहरूलाई उचित स्थानमा फोहोर फाल्न प्रेरित गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको पनि संस्थाको भनाई छ। कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिकेश पटेल, रोट्र्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष विवेक कुमार पटेल, र डिआरआर एड आयुष गुप्ताको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
यस अवसरमा क्लबका अन्य सदस्यहरू पनि उपस्थित भई अभियानलाई सफल बनाउन सहयोग गरेका थिए। रोट्र्याक्ट क्लब अफ वीरगन्जले यसअघि पनि विभिन्न सामाजिक तथा वातावरणीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
‘स्वच्छ मन्दिर अभियान’ यसैको निरन्तरता हो, जसले समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।