वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भावुक बन्दै राजीनामा दिएका छन्। केही समयदेखि उनीमाथि लागेको घुस प्रकरणको आरोपले उनले बोकेको जिम्मेवारीभन्दा ठूलो भार बनिसकेको थियो। अन्ततः, उनले प्रधानमन्त्रीसमक्ष आफ्नो पदबाट अलग हुने निर्णय सुनाए। गुप्ताले सार्वजनिक गरेको राजीनामा पत्रमा लेखिएको छ—
यो एक वाक्यले उनीभित्रको पीडा, आक्रोश र विवशता सबै अभिव्यक्त गर्छ। आरोपहरूको निष्पक्ष छानबिनका लागि आफू सधैं तयार रहेको बताउँदै गुप्ताले आफ्नो निर्णयले सत्यको उज्यालो बाहिर ल्याउने आशा व्यक्त गरेका छन्।
“प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही नबनून्” भन्ने गुप्ताको अपिलले धेरैको मन छोएको छ।
धेरैजसो मौन रहने गुप्ता यसपटक शब्दहरूमा भावनाको भार हाल्दै आफ्ना सहयोगी, पार्टी र जनताप्रति आभार प्रकट गर्छन्। उनले आफ्नो पार्टीले दिने कुनै पनि जिम्मेवारी इमानदारीपूर्वक निभाउने प्रण गर्दै फेरि कहिले हो सार्वजनिक जीवनमा फर्कने संकेत पनि दिएका छन्।