वीरगन्ज । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र निरन्तरता र व्यावसायिक शिक्षा केन्द्र ९ऋएभ्ऋ०को आयोजनामा मधेस प्रदेशस्तरीय एकदिने शिक्षक सम्मेलन शनिबार वीरगन्जमा सम्पन्न भएको छ ।
काठमाडौं विश्व विद्यालय स्कुल अफ एजुकेशनका एशोसिएट डीन प्रोफेसर डा.प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गरेका थिए ।
उदघाटनसत्रमा बोल्दै प्रमुख अतिथि मेयर राजेशमान सिंहले एकदिने शिक्षक सम्मेलनले सामुदायिक विद्यालयका शिक्षकहरुको शिक्षण सिकाई विधिको जानकारी हुनुको साथै शिक्षकहरुको क्षमता पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।
मधेस प्रदेशमा पहिलो पटक सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुका शिक्षकहरुलाई एकै ठाउँमा राखेर गरिएको शिक्षक सम्मेलनले शिक्षण सिकाईको अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त हुने र शिक्षा प्रणालीको सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरे ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कर्णले तीनै तहका सरकारले शिक्षाको गुणस्तर सुधारका लागि गर्नुपर्ने काम काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले गरेको बताउदै यसमा सबै शिक्षकहरुले उत्साहपूर्ण सहभागिता जनाउनुपर्नेमा जोड दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले शनिबार एकैदिन विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुका साथै विद्यालय समकालिन शिक्षामा चुनौती र वर्तमान अभ्यासहरुको विषयमा प्यानल छलफल पनि भएको छ ।
निरन्तरता र व्यावसायिक शिक्षा केन्द्रका संयोजक संदीप भण्डारीका अनुसार यस्तो सम्मेलन देशका सातवटै प्रदेशमा आयोजना गरिएको छ । नेपालमा पहिलो अभ्यासको रुपमा यस्तो सम्मेलनको आयोजना गरिएको र यसले धेरै शिक्षकहरुलाई शिक्षण सिकाई विधि र अनुभव आदान प्रदान गर्ने थलोको रुपमा विकास भएको बताए ।
प्यानल छलफलमा काठमाडौं विश्वविश्व विद्यालय स्कुल आफ एजुकेशनका (शैक्षिक नेतृत्व विभाग प्रमुख, काठमाडौं विश्वविद्यालय शिक्षा संकाय (CPEC) का सह–प्राध्यापक डा. सेषकान्त पंगेनी, वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने र निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन) का उपाध्यक्ष दीपक रेग्मीसँग ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईरालाले समाकालिन विद्यालय शिक्षाका चुनौती र वर्तमान अभ्यासहरुको विषयमा जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको (CPEC) का लोकेन्द्र कार्कीले जानकारी दिए ।