काठमाडौँ । प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनकर्ता पदका लागि लिइएको परीक्षाको छोटो सूची (क्जयचत ष्कित) मा पर्न नसकेका उम्मेदवारहरूलाई परीक्षा दस्तुर फिर्ता लिन पुनः आह्वान गरेको छ। काउन्सिलले एक सूचना प्रकाशित गर्दै सात दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो।
काउन्सिलले मिति २०८१ चैत १ गते प्रकाशित सूचनाबमोजिम सेवा करारद्वारा मिडिया अनुगमनकर्ता पदपूर्तिका लागि आवेदन खुला गरेको थियो।
सेवा करारमा लिँदा अपनाउनुपर्ने कार्यविधि–२०८१ को ५ (क) अनुसार शैक्षिक योग्यता र अनुभवका आधारमा छोटो सूची २०८२ जेठ ५ गते काउन्सिलको वेबसाइट (www.presscouncilnepal.gov.np) मा प्रकाशित गरिएको थियो। सोही सूचनामा छोटो सूचीमा नपर्ने उम्मेदवारहरूलाई परीक्षा दस्तुर फिर्ताका लागि काउन्सिलमा सम्पर्क गर्न भनिएको थियो।
तर, हालसम्म पनि कतिपय उम्मेदवारहरू दस्तुर फिर्ता लिन काउन्सिलमा सम्पर्क नगरेकाले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निवेदनमार्फत काउन्सिलमा सम्पर्क गर्न पुनः सूचित गरिएको छ। तोकिएको अवधिमा सम्पर्क नगरेमा कानुनबमोजिम हुने बेहोरासमेत यसै सूचनामार्फत जानकारी गराइएको छ।