काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले यो निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।
उनका अनुसार, नाउपाका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने छन्।
नाउपाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि संघ र प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। यसअघि नै नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
नाउपाको यो निर्णयले संघीय र सुदूरपश्चिम प्रदेश सरकारको समीकरणमा कस्तो प्रभाव पार्ला?