काठमाडौं। एसीसी इस्ट जोन कपको फाइनलमा आज (शनिबार, जुलाई ५, २०२५) नेपाल र सिंगापुर भिड्दै छन्। यो फाइनल भिडन्त बिहीबार (जुलाई ३, २०२५) सिंगापुरले हङकङलाई पराजित गरेपछि तय भएको थियो।
खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ।
समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो। जुन २२ मा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो।
के नेपालले समूह चरणको जितलाई दोहोर्याउँदै उपाधि घर ल्याउला?