वीरगन्ज । अब निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) प्राप्त गर्नका लागि तीन लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था हटेको छ। भन्सार विभागले मिति २०८२ असार १९ गते (जुलाई ४, २०२५) को निर्णयानुसार भन्सार नियमावली, २०६४ (सोह्रौँ संशोधन २०८२) को नियम ६६घ को उपनियम (२) को खण्ड (ख) र नियम ६६६१ को उपनियम (३) बाट यो प्रावधान हटाएको हो।
यससँगै, यसअघि भन्सार विभागको नाममा विभिन्न पैठारीकर्ताहरूले एक्जिम कोड लिने प्रयोजनका लागि राखेको तीन लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी सम्बन्धित बैंक तथा त्यसअन्तर्गतका शाखा कार्यालयहरूलाई फुकुवा गरिदिन अनुरोध गरिएको छ।
यो निर्णयले आयात-निर्यातकर्ताहरूलाई के कस्तो राहत मिल्नेछ?