काठमाडौं। दक्षिणी जापानको पातलो बस्ती भएको टोकारा टापु समूहमा बितेको दुई साताको अवधिमा ९०० भन्दा धेरै भूकम्प आएपछि स्थानीय बासिन्दाहरू अत्तालिएका छन्। अधिकारीहरूका अनुसार, जुन २१ देखि टोकारा टापुहरू वरपरको समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय रहेको छ। बुधवार (जुलाई २, २०२५) त्यहाँ म्याग्निट्यूडको भूकम्प पनि गएको थियो।
अहिलेसम्म कुनै क्षतिको विवरण नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको भए तापनि, अधिकारीहरूले आवश्यक परेमा अन्यत्र जानका लागि स्थानीय बासिन्दाहरूलाई तयार रहन आग्रह गरेका छन्।
बीबीसी न्यूज