काठमाडौं। आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आइतबार संसद् बैठकमा निजामती सेवा विधेयकमाथिको छलफलका क्रममा विधेयकलाई ‘गरिबमारा’ भन्दै च्यातिदिएका छन्।
सांसद साहले विधेयक पारित भएमा देशमा आगो बल्ने चेतावनी दिँदै भने, “यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ।” उनले विधेयकले गरिबलाई निषेध गरेको र संविधानको समेत उल्लंघन गरेको दाबी गरे। साथै, उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए।
“गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन। यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ,” साहले भने।
सांसद साहको यो कार्यले विधेयकमाथिको बहसलाई थप चर्काउने देखिन्छ।