वीरगञ्ज। एपेक्स म्यानेजमेन्ट कलेज, वीरगञ्जले बीबीए दोस्रो सत्रका विद्यार्थीहरूका लागि आयोजना गरेको ‘इफेक्टिभ पब्लिक स्पिकिङ’ कार्यशाला शुक्रबार सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यशालाले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतीकरण शैली र सार्वजनिक वक्तृत्वकलामा निखार ल्याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
विद्यार्थीकै व्यक्तित्व तथा व्यावसायिक क्षमताको समग्र विकासमा केन्द्रित कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशका पूर्व अध्यक्ष गणेश प्रसाद लाठले सार्वजनिक अभिव्यक्तिको सीपलाई प्रतिस्पर्धात्मक युगको अपरिहार्य तत्व भन्दै यस्ता कार्यशालाहरूले भविष्य निर्माणमा मद्दत पुर्याउने बताए।
उनले ‘बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने’ नेपाली उखान सुनाउदै अहिलेको समयमा बोल्ने र आफ्नो बोली अनुसारको हाउभाउ र प्रस्तुती पनि उत्तिकै आकर्षक हुनुपर्ने बताए ।
कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ट्रिब्यून नेपालका सम्पादक नीरज पिठाकोटे, माउण्ट एडमण्ड माविका निर्देशक फजिल अहमद, वीरगन्ज कलेजका सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रशासकीय प्रमुख सुरेश चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा शैक्षिक निर्देशक दर्शन केसीले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा कलेजका संयोजक राजेश्वर चौधरी, बीबीएस इन्चार्ज दिपेशलाल दास, ईसीए संयोजक मनोज वर्णवाल, परीक्षा समन्वयक डीके जैसवाल तथा सञ्चारकर्मीहरु प्रणय साह, जगत राई, अर्जुन चौधरी, जाकिर हुसैन लगायतको उपस्थिति रहेको थियो ।