• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेश सरकारको बजेटमाथि तीव्र असन्तुष्टि: जनमत अध्यक्षद्वारा बिचौलिया हावी भएको आरोप, विपक्षीद्वारा छलफल बहिष्कार

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार १२, बिहीबार १७:२० गते
मधेश सरकारको बजेटमाथि तीव्र असन्तुष्टि: जनमत अध्यक्षद्वारा बिचौलिया हावी भएको आरोप, विपक्षीद्वारा छलफल बहिष्कार
19
SHARES
212
VIEWS

जनकपुर। मधेश प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट अहिले विवादको केन्द्रमा परेको छ। काँग्रेसबाट अर्थमन्त्री रहेका सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटको रेडबुक दश दिनपछि हिजो (बुधबार) सांसदहरूको हातमा परेसँगै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बजेटमाथि गम्भीर असन्तुष्टि पोखेका छन्। उनले सामाजिक सञ्जालमा आफू पनि ‘पीडित’ रहेको बताउँदै बजेटमा बिचौलिया हावी भएको र जनमत पार्टीका अधिकांश योजना नपरेको दाबी गरेका छन्।

जनमत अध्यक्षको गम्भीर आरोप

ADVERTISEMENT

डा. राउतले आफ्नै पार्टीको नेतृत्वमा (मुख्यमन्त्री सतिशकुमार सिंह) सरकार हुँदा बजेटमाथि यस्तो असन्तोष व्यक्त गरेका छन्:

  • “मधेश सरकारको वार्षिक कार्यक्रम २०८२/८३ रेडबुक आएको छ, झल्झल्ती हेर्दा जनमत पार्टीले लिएको नीति, सिद्धान्त र ‘भिजन’बाट हामी वंचित भएको आभाष भएको छ।”
  • “जनमत पार्टीले जनताको बीचमा गएर माग गरेका अधिकांश योजनाहरू परेका छैनन्, न त जनमत पार्टीले राखेका गौरवका योजनाहरू/भिजनरी कार्यक्रमहरू नै परेको छ।”
  • “बिचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरूमा २५–५० लाख, २ करोड, ४ करोड बजेट राखिएको छ भने जनमत पार्टीले सिफारिश गरेका कार्यक्रम परिहाले पनि ५–५ लाख बजेट छुट्टयाइएको छ।”

यसले प्रमुख प्रतिपक्षी दललाई थप बल पुर्‍याएको छ।

मुख्यमन्त्री सिंहको प्रतिक्रिया र पूर्ववर्ती विवाद

डा. सिके राउतको असन्तुष्टि जायज रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले स्वीकारेका छन्। उनले भने, “बजेटमाथि राष्ट्रिय अध्यक्षले राख्नु भएको असन्तुष्टि जायज हो, ५ लाखसम्मका योजना देखिन्छ, यसमा हामी हेरिरहेका छौं कहाँ के भएको छ।”

यद्यपि, यो विवाद नयाँ भने होइन। यसअघि पनि जनमतको नेतृत्वमा सरकार बनेपछि २०८१/०८२ को लागि ल्याएको बजेट पनि निर्विवाद रहन सकेको थिएन। त्यसबेला स्वयं मुख्यमन्त्री सिंहले सार्वजनिक कार्यक्रममै बजेटमा कर्मचारीले गडबड गरेको भन्दै अनुसन्धान गरिरहेको बताएका थिए, तर त्यसको निष्कर्ष अहिलेसम्म आएको छैन। मुख्यमन्त्रीले यसपटक पनि कर्मचारीप्रति नै दोष थोपरेका छन्। “नेपालको ब्यूरोक्रेट्स भन्दा बाहिर त प्रधानमन्त्री पनि हुन सक्नु हुन्न, म त प्रदेशको मुख्यमन्त्री छु, सचिव स्तरीय एउटा टिम नै बनाएको थिएँ, तर गर्नै सकेन, मैले ताकेता गरेकै हुँ, मेरो अधिकार क्षेत्रको कुरामा पछाडि छैन,” उनले भने।

विपक्षी दलद्वारा बजेट छलफल बहिष्कार

जनमत अध्यक्ष डा. सिके राउतको बजेटप्रतिको असन्तोष र बिचौलिया प्रवेशको दावीपछि विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेटको छलफलमा भाग नै नलिने निर्णय गरेका छन्।

Advertisment Advertisment Advertisment

विपक्षी दलहरूको बैठकले बजेटमाथि बिचौलिया हावी र असमान ढंगले बजेट विनियोजन भएको निष्कर्ष निकालेको छ। उनीहरूको दाबीअनुसार, ६४ वटा मधेश प्रदेशसभाको निर्वाचन क्षेत्रमध्ये मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, अर्थमन्त्री सुनिल कुमार यादव र कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव निर्वाचित क्षेत्रमा बजेट केन्द्रित गरिएको छ।

नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराईका अनुसार, प्रदेश सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमअनुरूप छैन र पाँच लाखसम्मका योजनाहरू बिचौलियाको बढी देखिएका छन्। उनले भने, “स्वयम् सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका केन्द्रीय अध्यक्षले नै स्वीकार गरिसक्नु भएको छ, त्यसकारण बिचौलियाले ल्याएको बजेटको छलफलमा भाग लिनुको कुनै औचित्य छैन।”

विपक्षी दलहरूले बजेट छलफलमा भाग नलिने देखेपछि आज दिउँसो १२ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक अन्तिम समयमा सूचना निकालेर अनिश्चित समयका लागि स्थगित गरिएको छ।

अर्थमन्त्री र योजनाको असमान वितरण

मधेशमा अर्थमन्त्री यादव कांग्रेसका छन्। कुल बजेटको एक तिहाइ बढी रु १५ अर्ब ८८ करोड भौतिक पूर्वाधार मन्त्रालयमा विनियोजन गरिएको छ, जसका मन्त्री सत्ता गठबन्धन नेकपा एमालेका संसदीय दलका नेता हुन्।

मधेशका पूर्व अर्थमन्त्री समेत रहेका जसपा नेपालका नेता शैलेन्द्र साहले आफ्नै मुख्यमन्त्री र ‘आफैं पीडित’ भन्ने जनमतका अध्यक्ष डा. सिके राउतका कुरालाई अत्यन्तै हास्यास्पद बताएका छन्। “योजनाको वितरणमा भेदभाव भयो भने जिम्मेवार को, सत्ता साँचोमा तपाईँहरूसँग छ कि छैन, जनमत पार्टी आफैं सरकारमा बसेर सरकारविरुद्ध गुनासो गर्नु भनेको ‘हामी असक्षम छौँ’ भन्ने सार्वजनिक घोषणा गर्नु जस्तै हो,” साहले भने, “यसले देखाउँछ जनमत पार्टी न सरकार चलाउन सक्षम देखिन्छ, न सरकारबाट बाहिरिन तयार।”

प्रदेश नीति तथा योजना आयोगले २५ चैतमा डोकेको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मधेश सरकारले एक करोडभन्दा कमका योजना वार्षिक कार्यक्रममा नराख्ने निर्णय गरेको थियो। तर, अहिले ५ लाखसम्मका योजनाहरू बजेटमा समावेश भएको पाइएको छ, जसले निर्णयको कार्यान्वयनमाथि पनि प्रश्न उठाएको छ।

Previous Post

मुग्लिन–नारायणगढ सडकखण्ड आज २ घण्टा बन्द हुने

Next Post

सप्तरीमा घाँटी रेटेर एक युवकको हत्या, प्रहरीद्वारा अनुसन्धान तीव्र

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In