काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन शाहलाई तत्काल कार्यपालिका बैठक बोलाउन आग्रह गरेको छ। बुधबार बसेको समितिको बैठकले मेयर शाहले पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै बजेट प्रक्रिया अघि नबढाएको भन्दै गम्भीर आपत्ति जनाएको हो।
समितिका सदस्य एवं प्रवक्ता नवीन मानन्धरका अनुसार, मेयर शाहकै समन्वय अभावका कारण महानगरपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेन।
हालको कानुनी व्यवस्थाअनुसार सबै स्थानीय तहले आर्थिक वर्षको बजेट असार १० गतेभित्र सभामा पेस गरिसक्नुपर्ने हुन्छ। तर, मुलुकका छ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले मात्रै तोकिएको समयसीमा तोडेको छ। यस घटनाले महानगरपालिकाको वित्तीय व्यवस्थापनमाथि प्रश्न उठाएको छ।