• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिन समिति गठनमा विवाद

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार १०, मंगलवार २०:३१ गते
पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिन समिति गठनमा विवाद
11
SHARES
118
VIEWS

काठमाडौं। सरकारले भिजिट भिसा प्रकरणबारे अध्ययन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा एक समिति गठन गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषद्बाट भएको निर्णय सुनाउँदै ६ वटा मन्त्रालयका सहसचिवहरू सदस्य रहेको समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिएका छन्। समितिमा अर्थबाट तीर्थराज चिलुवाल, कानुनबाट अरुणा जोशी, पर्यटनबाट रामकृष्ण लामिछाने, परराष्ट्रबाट मणिरत्न शर्मा, श्रम मन्त्रालयबाट प्रदिप कोइराला र गृहमन्त्रालयबाट आनन्द काफ्ले (सदस्य सचिव) रहेका छन्।

विवाद र आलोचना

ADVERTISEMENT

यो समितिको गठनसँगै यसको निष्पक्षतामाथि प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले मंगलबार प्रतिनिधिसभाको बैठकमा कडा आपत्ति जनाउँदै वैरागीलाई ‘एक दशकदेखि सत्ताको प्रियपात्र’ र ‘शृंखलाबद्ध लाभ लिइरहेको’ व्यक्ति भन्दै उनको नेतृत्वमा छानबिन हुनै नसक्ने जिकिर गरे।

जानकारहरूका अनुसार, समितिका अध्यक्ष वैरागीसँग अपराध अनुसन्धान एवं नीतिगत अध्ययनको अनुभव छैन। शासकीय मामिलाका क्रममा आइपर्ने समस्या र बेथिति सुधार्न काम गरेको अनुभव उनीसँग नभएको बताइएको छ। गृह मन्त्रालयसम्बद्ध स्रोतले त ‘गृहमन्त्रीले नै अनुकूलतामा ल्याएका मुख्यसचिवले अनुसन्धान गर्नसक्ने केही नै छैन’ भन्दै निष्पक्ष अनुसन्धानको सम्भावना न्यून रहेको औंल्याएको छ।

वैरागीको विवादास्पद पृष्ठभूमि

वैरागीको पृष्ठभूमि यसअघि पनि विवादमा तानिँदै आएको छ:

  • अख्तियारको छापा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका वैरागीका महत्वपूर्ण सूचना र सामग्री लुकाएको आशंकामा उनका भतिज प्रदिप शर्मा पौडेलको घरमा छापा मारेको थियो। प्रदिपको घरबाट बरामद सामग्रीकै आधारमा अख्तियारले विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।
  • लाभको पद र निकटता: असोज २०७७ मा मुख्यसचिव बनेका वैरागीलाई एमाले निकटका कर्मचारी भनेर चिनिन्थ्यो। तर, केपी शर्मा ओलीपछिका प्रधानमन्त्री शेरबहादुर देउवाको पनि निकट बन्न उनलाई कुनै समस्या भएन। ‘जोसुकै सत्तामा आए पनि लाभको पद लिने, अनि पदको लाभ लिने पात्र’का रूपमा उनी परिचित छन्।
  • विकल-सुनिल समूहसँग सम्बन्ध: सूचना प्रविधिको क्षेत्रमा विवादास्पद काम गरेका सुनिल-विकल पौडेलको समूह ले मुख्यसचिव वैरागीको बचाउका लागि सबै काम गरेको र त्यसको बदलामा वैरागीले पनि उनीहरूको हित हुने कुनै काम गर्न बाँकी नराखेको आरोप छ। टेरामक्स प्रकरण, राष्ट्रिय भुक्तानी प्रणाली लगायतका अनियमिततामा विकल-सुनिल समूहको हालिमुहाली चलेका बेला तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्याल र मुख्यसचिव वैरागीको भूमिकामाथि प्रश्न उठेको थियो।
  • पद सिर्जना: अवकाश हुन केही महिना बाँकी छँदै उनले आफ्नै लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरेर मुख्यसचिवबाट राजीनामा दिएका थिए, जसमा मन्त्रीसरहको सुविधा हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए।
  • अख्तियारसँग विवाद: विकल र सुनिल पौडेलको समूहले वैरागीलाई अख्तियार प्रमुखमा नियुक्ति दिलाउने भनी दौडधुप गरेको तथ्य अख्तियारले अनुसन्धानका क्रममा फेला पारेको थियो, जसले तत्कालीन अख्तियार प्रमुख प्रेमकुमार राईलाई क्रुद्ध बनाएको थियो। त्यसपछि राईले वैरागीका फाइलहरूमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए, जसमा परराष्ट्र सचिव हुँदा सरकारबाट स्वीकृत नगराई करिब १५-१६ लाख रुपैयाँको ट्राभल एलाउन्स लिएको समेत फेला परेको थियो।

भिजिट भिसा प्रकरणलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ‘लुट, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र मानव तस्करी’ को संज्ञा दिँदै न्यायिक जाँचबुझ समितिकै माग गरेको छ र वैरागीको नेतृत्वमा गठित समितिलाई अस्वीकार गर्ने अडान लिएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

राप्रपा सांसदहरूले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने

Next Post

नेपाल पत्रकार महासंघद्वारा पत्रकारविरुद्धको अदालतको आदेशको विरोध

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In