• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

हिरासतको २२ दिन : एक क्रान्तिकारीको आँखाबाट देखिएको वर्गीय राज्य

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार ७, शनिबार १२:४५ गते
हिरासतको २२ दिन : एक क्रान्तिकारीको आँखाबाट देखिएको वर्गीय राज्य
26
SHARES
289
VIEWS
आयुष घमिरे

मधेस प्रदेशको राजनीतिक र सामाजिक क्षितिजमा एउटा निर्णायक जनकारबाहीको उद्घोष भयो। अखिल क्रान्तिकारी, मधेस प्रदेश समितिको अग्रसरतामा तत्कालीन सिटिइभिटी उपनिर्देशक गोविन्द पौडेलमाथि गरिएको कारबाहीले केवल व्यक्तिविशेषको भ्रष्ट क्रियाकलापको प्रतिरोध गरेन, उसले सम्पूर्ण शिक्षा प्रणालीमा व्यापेको पुँजीवादी अपराधको पर्दाफास गर्‍यो। फेल भएका विद्यार्थीहरूलाई नक्कली प्रमाणपत्र उपलब्ध गराएर शिक्षा क्षेत्रलाई नाफामुखी बजार बनाउने यो अपराध राज्य संरक्षित थियो, र त्यस विरुद्ध हामीले उठाएको हस्तक्षेप क्रान्तिकारी जनचेतनाको सजीव प्रतिविम्ब थियो।

तर प्रतिक्रियावादी राज्य संयन्त्रले यो जनमुखी कार्यलाई राजनीतिक अपराध ठहर गर्‍यो। मलाई २२ दिनसम्म हिरासतमा राखियो। त्यो हिरासत शारीरिक थुनिएको अवस्था मात्र थिएन, त्यो वर्गीय प्रतिशोधको नियोजित प्रयोग थियो। मैले प्रहरी हिरासतभित्र बिताएको प्रत्येक क्षणमा राज्य संयन्त्रको नाङ्गो चरित्र, प्रहरी प्रशासनको भोगवादी, घमण्डी र उत्पीडक प्रवृत्ति, र कानुनको वर्गीय अनुहारलाई प्रत्यक्ष महसुस गरेँ।

ADVERTISEMENT

त्यहाँ मैले बुझें—यो राज्य गरीब, श्रमिक, किसान, महिला, दलित र विद्यार्थीहरूलाई दबाउने ुकानुनीु जेल हो। मसँगै रहेका धेरैजसो मधेसी युवा १५ देखि २२ वर्षको उमेर समुहका थिए—लागू औषधमा फसाइएका, रोजगारीबाट विमुख गराइएका, शिक्षाबाट टाढा राखिएका। उनीहरू राज्य संयन्त्रका लागि अपराधी होइनन्, राज्यद्वारा योजनाबद्ध रुपमा बनाईएका सामाजिक सिकारहरू हुन्। तर राज्यले पुनर्स्थापनाको उपाय खोजेन, बरु तिनै युवाहरूमाथि सजाय, थुनुवा र दमनको नीति अपनायो। यसले स्पष्ट देखायो—राज्यलाई युवाको भविष्य होइन, उनीहरूको नियन्त्रण चाहिएको रहेछ।

प्रहरी संयन्त्र आज पूँजीको चौकीदारमा रुपान्तरण भइसकेको छ। उसले अपराधजन्य पूँजीवादी गठजोडको संरक्षण गर्छ, तर शोषणविरुद्ध आवाज उठाउनेलाई ‘अपराधीु घोषणा गर्छ। मैले हिरासतमा भोगेको भाषा, व्यवहार र दुर्व्यवहार, त्यो केवल व्यक्तिगत अपमान थिएन—त्यो सामाजिक तहमा गरिने वर्गीय विभेदको गहिरो उदाहरण थियो। ूप्रहरी मेरो साथीू भन्ने नाराको आवरणभित्र एउटा अत्याचारी राज्यको नाङ्गो अनुहार लुकेको रहेछ।

त्यही दिनहरूमा मैले मिटर ब्याजको प्रश्नमा पनि वर्गीय चरित्रको विकृत रूप देखेँ। मधेसमा हजारौं गरीब जनता २५–३० हजार ऋण लिई २–३ लाखको कागज जबर्जस्ती दस्तखत गराइएको अवस्थामा छन्। धनुषामा मात्र १३०० भन्दा बढी पीडितहरू हिरासतमा छन्, तर ती वास्तविक पीडक मिटरब्याजदाताहरू आज पनि स्वतन्त्र छन्। किनभने उनीहरूसँग पूँजी छ, उनीहरूसँग राजनीतिक संरक्षण छ। प्रहरीको मौनता, अदालती चुप्पी र सञ्चारको अन्धोपनले यो स्पष्ट पारेको छ—राज्य पीडकमैत्री छ, पीडितविरोधी।

तर यी २२ दिनहरू केवल पीडा थिएनन्—यी २२ दिन मेरा लागि राजनीतिक पुनर्जन्म थिए। ती साँघुरा कोठाभित्र, चिसो भुइँमा, मैले आफूभित्रको क्रान्तिकारीलाई नयाँ जीवन दिएँ। म एक्लो थिएन। मसँग थुनिएका साथीहरू थिए—जसको अडान, चेतना र साथले हामीले हिरासतलाई सशक्त वैचारिक प्रशिक्षण केन्द्रमा रूपान्तरण गर्‍यौं।

हामीले बहस गर्‍यौं—’क्रान्तिको वर्तमान अवस्था के हो ?’ वर्गीय आन्दोलन मधेसमा कसरी विस्तार गर्ने ?, ‘राज्यद्वारा सञ्चालित संरचनागत हिंसालाई कसरी बेपर्दा पार्ने ? यी प्रश्नहरू सँगसँगै हामीले प्रहरी प्रशासनको व्यवहार, थुनुवामाथिको अपमान, भोगवादी शासनको मानसिकता र कानूनको पक्षपाती प्रयोगमाथि गहिरो विश्लेषण गर्‍यौं।

हामीले बन्द कोठाभित्र एउटा स्वतन्त्र क्रान्तिकारी कक्षा खडा गर्‍यौं—जहाँ किताब थिएन, तर अनुभव थियो। जहाँ कुर्सी थिएन, तर विचारको उचाइ थियो। जहाँ कालो पर्खाल थियो, तर भित्रबाट सुल्किएको वर्गीय चेतनाको उज्यालो थियो।

त्यसैले, ती २२ दिनहरू अब मेरो जीवनको क्रान्तिकारी इतिहासको अभिन्न पृष्ठ बनेका छन्। ती पृष्ठहरू मलाई सम्झाइरहन्छन्—यो राज्य हाम्रो हैन। यो राज्यलाई हामीले बदल्नैपर्छ।

Advertisment Advertisment Advertisment

हामी सुधारको बाटोबाट अघि बढ्न सक्दैनौं। सुधार भनेको उत्पीडनलाई स्थायित्व दिने उपाय हो। हामी अब केवल क्रान्तिको बाटो लिन्छौं—जहाँ पुँजीवादी शिक्षा होइन, वैज्ञानिक शिक्षाले स्थान लिन्छस जहाँ प्रहरी होइन, जनगणतन्त्रले सुरक्षा दिन्छस जहाँ शोषण होइन, न्याय शासन गर्छस र जहाँ वर्गीय विभेद होइन, समता र मुक्ति शासन गर्छ।

अखिल क्रान्तिकारी, मधेस प्रदेश समितिको नेतृत्वमा हामी अब निर्णायक वर्गसंघर्षको मोर्चा खोलिरहेका छौं। यो आन्दोलन मिटर ब्याज विरुद्ध हो, यो भ्रष्टाचार विरुद्ध हो, यो लागू औषध विरुद्ध हो, यो वर्गीय शोषणको सम्पूर्ण संरचनाविरुद्ध हो। हामी आधा अधूरो सुधारको पथिक होइनौं—हामी सम्पूर्ण राज्यसत्ता परिवर्तन गर्ने क्रान्तिकारी इतिहासका लेखकहरू हौं।

त्यसैले, जब राज्यले हामीलाई ुअपराधीु घोषित गर्छ, हामी गर्वका साथ भन्छौं—हो, हामी वर्गीय अपराधी हौं१ हामी त्यही वर्गको प्रतिनिधि हौं, जसले जनतासँग प्रतिश्रुति गरेका थिए—तिमीहरूको आवाज बनिन्छौं। तिमीहरूको मुक्ति अब केवल सपना होइन, संघर्षको धरातलमा उभिएको रणनीति हो।

हिरासत सकिएको छ—तर क्रान्ति सुरु भएको छ।

लाल सलाम !

Previous Post

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, वीरगञ्जद्वारा ‘अण्डरराइटिङ’ तालिम सम्पन्न

Next Post

मधेस प्रदेशको आर्थिक चुनौती र समाधानका लागि राष्ट्र बैंकका सुझावहरू

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In