वीरगञ्ज । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) वीरगञ्जले आज वीरगञ्जस्थित होटल मकालुको सभाहलमा गैर(जीवन बीमा कम्पनीका अण्डरराइटिङ र बजार विभागका कर्मचारीहरूका लागि ‘अण्डरराइटिङ’ सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ।
तालिमको मुख्य उद्देश्य बीमा गर्दा चाहिने आवश्यक जानकारी, कागजात, बीमा दररेट, र दाबी सम्बन्धी प्रक्रियाका बारेमा विस्तृत ज्ञान प्रदान गर्नु थियो। भविष्यमा दाबी पर्दा बीमितलाई छिटो, छरितो र सर्वसुलभ तरिकाले दाबी भुक्तानी दिन सकियोस् भन्ने लक्ष्यका साथ यो तालिम आयोजना गरिएको लष्उक् वीरगञ्जले जनाएको छ।
कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी ९निप्स० वीरगञ्जका अध्यक्ष बद्री बहादुर अधिकारीले सभापतिको भूमिका निर्वाह गरेका थिए । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश प्रमुख सुश्री प्रिति देव प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
यसैगरी, निप्स वीरगञ्जका निवर्तमान अध्यक्ष धिरज शर्मा, वरिष्ठ उपाध्यक्ष निशान्त कुमार लामिछाने, उपाध्यक्ष मुरारी सुवेदी, र नेपाल बीमा प्राधिकरण मधेस प्रदेशका उप–निर्देशक मुकेश मण्डल ज्यूको पनि कार्यक्रममा गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन धनन्जय ठोकरले गरेका थिए ।
तालिम कार्यक्रममा निशान्त कुमार लामिछानेले स्वागत मन्तव्य दिनुभएको थियो भने तालिमको समग्र प्रभाव बारे अमर बहादुर गौतमले प्रकाश पारेका थिए ।
मुख्य प्रशिक्षकका रूपमा नितेश कुमार दास रहनुभएको थियो भने सीमा गुप्ता र अनुप कुमार तिमलसिना सहयोगी प्रशिक्षकका रूपमा उपस्थित रहेका थिए। यस तालिममा विभिन्न कम्पनीका शाखा प्रमुख र प्रदेश प्रमुखलगायत ८० जनाको सहभागिता रहेको थियो।