काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई रकम फिर्ता गर्न प्रक्रिया अघि बढाएको छ। समितिले सूचना प्रकाशित गरी आगामी दिनभित्र अनलाइनमार्फत रकम मागदाबी गर्न बचतकर्ताहरूलाई आग्रह गरेको छ।
वाग्मती प्रदेश सरकारले गत पुस २८ गते सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। प्रदेश सरकारले सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि लेखी पठाएकाले बचतकर्तालाई रकम भुक्तानीको प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ।
साढे दुई दशकदेखि सञ्चालनमा रहेको सुमेरु सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर र कालिमाटीमा शाखा रहेको छ। सहकारीका सञ्चालकहरूले बचतकर्ताको अर्ब करोड लाख हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।
पूर्वराजाका ज्वाइँको योजना र अध्यक्ष फरार
सुमेरु सहकारी समस्याग्रस्त घोषणा हुनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले बचतकर्ताको रकम फिर्ता गरी सहकारी सञ्चालन गर्ने योजना ल्याएका थिए। उनले २०८१ जेठमा सुमेरु सहकारी सञ्चालनको जिम्मेवारी लिने सहमति गरे पनि प्रक्रिया अघि बढेको थिएन।
सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनलाई ठगीको आरोपमा नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ। महर्जन अहिलेसम्म पक्राउ परेका छैनन् र उनी बेलायतमा रहेको आशंका गरिएको छ। महर्जन वर्षसम्म आफैँ अध्यक्ष थिए। त्यसपछि उनले संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर सञ्चालक समितिमा अन्य आफन्त ल्याएका थिए।
यस घटनाले सहकारी क्षेत्रमा देखिएको अनियमितता र त्यसबाट पीडित बचतकर्ताहरूको समस्यालाई पुनः उजागर गरेको छ।