काठमाडौं। गएरातिदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार, देशभरका ६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने ४१ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा छन्।
पूर्ण अवरुद्ध सडकखण्डहरू:
- अर्घाखाँची: कक्रहवा (भारत सीमा) रुद्रपुर, सालझण्डी–सन्धीखर्क–देवीस्थान र वुर्तीवाङ–ढोरपाटन सडकखण्ड।
- सल्यान: अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)।
- सिन्धुपाल्चोक: काठमाडौं–धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी (अरनिको राजमार्ग)।
- गुल्मी: तानसेन–रिडी–कोरला सडक।
विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा प्रहरीले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ।