• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बारामा कुटपिटबाट एक जनाको मृत्यु, थप तीन जना पक्राउ

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार ४, बुधबार १८:१९ गते
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ, १२ लाख नगद बरामद
26
SHARES
284
VIEWS

कलैया, बारा। बाराको कलैया उपमहानगरपालिका वडा नं.–१४ बघवनमा पुरानो रिसिबीका कारण भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ भने अन्य फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीलाई सोही स्थानका ४० वर्षीय उमेश जैसवालसमेत ६ जना व्यक्तिहरूले मिलेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएका कुर्मीलाई तत्काल प्रादेशिक अस्पताल कलैया बारा पुर्‍याइएकोमा चिकित्सकले साँझ ७ः२० बजे मृत घोषणा गरेका थिए।

ADVERTISEMENT

अनुसन्धान र पक्राउ

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानपश्चात् घटनामा संलग्न रहेको आरोपमा सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरिएको थियो। उनलाई ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

फरार रहेका अन्य अभियुक्तहरूको खोजीका लागि प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले असार ४ गते थप तीन जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका वडा नं. ५ स्थित सागर लामिछानेको घरमा लुकिछिपी बसेको अवस्थामा एक जना महिला र पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १ शान्ति टोलस्थित बसिर मियाँको घरमा लुकिछिपी बसेका दुई जना पुरुषलाई पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यस घटनामा संलग्न अन्य फरार आरोपितहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

दाउन्ने सडकखण्डमा वर्षाले हिलो, ४५ किमि लामो जाम

Next Post

मितेरी सहकारी ठगी: मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट नेपाल ल्याइयो

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In