नवलपरासी। गएराति परेको वर्षापछि सडक हिलो हुँदा महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको दाउन्ने सडकखण्डमा करिब किलोमिटर लामो जाम लागेको छ। बिहान बजेदेखि नै गाडीहरू सडकमा फसेका कारण यो समस्या आएको हो।
कावासोतीका इन्स्पेक्टर जनकराज बन्जराले दिएको जानकारी अनुसार, हिलोका कारण गाडी फसेर भन्दा पनि सडक चिप्लो भएकाले गाडी नचढेर अवरोध सिर्जना भएको हो। हाल डाइभर्सन बनाएर भर्खरैबाट सडक सञ्चालन गरिएको छ।
ठूलो संख्यामा गाडीहरू सडकमै रोकिएकाले र एकतर्फी मात्रै गाडी खुलेका कारण अझै धेरै समय सडक जाम रहने इन्स्पेक्टर बन्जराले बताए। यद्यपि, बाटो खुलाउने प्रयास भइरहेको छ।