• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस प्रदेश सरकारको बजेटको रकम नै गोलमाल प्रस्तुत

गलत रकम उल्लेख गरिएको बजेट पुस्तिका नै प्रदेशसभामा बाँडियो

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार ४, बुधबार ११:३० गते
मधेस प्रदेश सरकारको बजेटको रकम नै गोलमाल प्रस्तुत
22
SHARES
239
VIEWS

वीरगन्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटको हिसाब किताब नै गोलमाल प्रस्तुत गरेको छ ।

मधेस प्रदेशसभाको बजेट ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैंया हुनुपर्नेमा असार १ गते मधेस प्रदेशसभामा अर्थमन्त्री सुनिल कुमार यादवले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैंया अर्थात ४० करोड रुपैंया कम बजेट प्रस्तुत गरेका छन् ।

ADVERTISEMENT

प्रदेशसभाका सदस्यहरुलाई वितरण गरिएको बजेट पुस्तिकामा पनि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैंया नै उल्लेख गरिएको छ । प्रदेशसभामा प्रस्तुत गरिएको बजेटको प्रत्यक्ष प्रसारणमा र सबै सञ्चार माध्यहरुले पनि सोही आंकडा अनुसारको समाचार सम्प्रेषण गरिसकेका छन् ।

तर, मधेस प्रदेश सरकारको अर्थमन्त्रालयको वेभसाईटमा भने रकमको अंकलाई सच्याएर अपलोड गरिएको छ । बजेटको अंक सच्याईएपनि प्रतिशतमा भने फेरी गडबडी गरेको छ ।

प्रदेशसभामा प्रस्तुत भएको कूल आयव्यय र अनुमानित खर्च मध्य पूँजीगत खर्च तथा चालूखर्चको प्रतिशत हिसाबमा त्रुटी पाईएको छ । अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटको पूँजीगत खर्च ३० अर्ब २६ करोड २८ लाख ३४ हजार र चालूँखर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैंया रकम विनियोजन गरिएको छ ।

यसको प्रतिशतमा हिसाब गर्दा पूँजिगत खर्च ६४.४१ % हुनुपर्नेमा ६४.११ प्रतिशत उल्लेख गरिएको छ । त्यस्तै चालूखर्चतर्फ ३५.५९% हुनुपर्नेमा ३५.८९ प्रतिशत उल्लेख गरिएको छ । अर्थात अर्थमन्त्रालयले बजेटको अंक सच्याएर अपलोड गरेपनि प्रतिशत भने नसच्याई अपलोड गरिएको छ ।

बजेटिङमा विद्यावारिधी गरेका वीरगन्ज कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले मधेश प्रदेशले प्रस्तुत गरेको बजेटमा गम्भीर त्रुटी औंल्याएका छन् ।

उनले भने, ‘बजेट ४६ अर्व ९८ करोड अर्थात चालु खर्च ३५.५९% र पूँजीगत खर्च ६४.४१% हुनु पर्नेमा ४६ अर्व ५८ करोड बजेट, चालु खर्च ३५.८९% र पूँजीगत खर्च ६४.११% रहेको छ । प्रदेशको बजेट रकम तथा खर्च प्रतिशत ‘बजेटको अनुसूची–१’ भन्दा फरक रहेको छ । चालु आ.व.को तुलनामा ७.०४% ठुलो बजेट हो । तर बजेट पुस्तिकामा ६.१३% मात्र उल्लेख गरिएको छ । त्यस्तै चालु आ.व. को शंसोधित अनुमान भन्दा करिब ४७% ठुलो बजेट र करिब ७२% बढी राजस्व तथा अनुदान अनुमान गरिएको छ।’

यसले प्रदेश सरकारको क्षमतामाथि नै प्रश्न उठेको उनी बताउछन् । नेपाली जनताले विश्वास गरेर निर्वाचनमा जिताएर पठाएका र सरकारमा मन्त्री भएकाहरुले नै हिसाब गोलमाल प्रस्तुत गर्ने भएपछि नागरिकले उनीहरुलाई कसरी विश्वास गर्ने यो गम्भीर चिन्ताको विषय बनेको विज्ञहरु बताउछन् ।

प्रदेशसभामा समेत रेकर्ड भएकोले त्यसको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले पनि मधेस प्रदेश सरकारले ल्याएको बजेटमा असाध्यै लापरवाही पाईएको बताए ।

Advertisment Advertisment Advertisment

प्रदेशसभाका सदस्यहरुलाई पनि २६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार उल्लेख गरिएको पुस्तिका नै वितरण गरिएको उनले बताए । सरकार जस्तो जिम्मेवार निकायको बजेट प्रस्तुतीमा यति गम्भीर त्रुटी लज्जास्पद विषय भएको उनको भनाई छ ।

 

Previous Post

पर्सामा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७ देखि साँझ ५ बजेसम्म

Next Post

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In