काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उनको बयान सुरु गर्ने तयारी भइरहेको छ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा बिहान आफैं अदालत आएका हुन्। उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउनेछ। यसैबीच, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन्।
गत चैत १५ गते राजावादीहरूले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो। राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए।