काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले जेठ १ गते (असार १ गते) बहिष्कार गरेको संसद् बैठकमा सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने भएका छन्। पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका छन्।
राप्रपाले संघीय संसद् सचिवालयलाई पत्र लेखेर असार १ गतेको बैठक भत्ता उपलब्ध नगराउन आग्रह गरेको छ। भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध हुँदा पनि सभामुखले बैठक चलाएपछि राप्रपाले बैठक नै बहिष्कार गरेको थियो।