काठमाडौं। प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दैछ। आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिने कार्यसूची छ।
साथै, अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र त्यसपछि उक्त विधेयक प्रस्तुत गर्नेछन्। उनले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पनि प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।