अभिलाष गुप्ता, वीरगन्ज । वीरगन्ज महानगरपालिका–६ स्थित एक घरमा अवैध रुपमा भण्डारण गरिएका रेडिमेड लत्ताकपडाहरू शस्त्र प्रहरी टोलीद्वारा जफत गरिएको छ ।
विशेष सूचनाका आधारमा गरिएको गोप्य छापामा वीरगन्ज–६ स्थित रमेश अग्रवालको घरमा कोठा भाडामा लिएर गोदाम सञ्चालन गरिरहेका बृज किशोर नामक व्यक्ति परिमाणमा अधिक लत्ताकपडा लुकाई राखेको पाइएको छ ।
भण्डारण गरिएका सामानमा जीन्स पाइन्ट, भेस्ट सहित लाखौं रुपैयाँ बराबरको रेडिमेड कपडा रहेका छन् ।
रेशमकोठीस्थित गोदाममा सशस्त्र प्रहरीको छापा ठूलो परिमाणमा कपडा बरामद
सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा तथा भन्सार कार्यालयको संयुक्त टोलीले बिरगंज महानगरपालिका–६ रेशमकोठीस्थित दुई नम्बर रोडमा रहेको एक गोदाममा छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ।
छापा मारा समयमा गोदाम बन्द अवस्थामा थियो भने सञ्चालक बृज किशोर सम्पर्कविहिन रहेका थिए । घटनास्थलमा वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह (अग्रवाल)को रोहबरमा भन्सार टोलीले सबै सामानको मुचुल्का तयार गरि नियन्त्रणमा लिएको एक भन्सार अधिकृतिले जानकारी दिएका छन् ।
जफत गरिएका सामान सम्बन्धित कानूनअनुसार कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा लगिने तयारी गरिएको जनाइएको छ ।