वीरगन्ज, पर्सा। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले आज धोबिनि गाउँपालिका–१, घोडदौडबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको काटुन (२४०० गोटा) प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका चल्लाहरूलाई स्थानीय जनप्रतिनिधि, संचारकर्मी र क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
यस कार्यमा संलग्न पर्साको जगनाथपुर गाउँपालिका–२, जानकीटोल बस्ने अन्दाजी वर्षीय नवि देवानलाई पक्राउ गरिएको छ। चल्ला पैठारीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।