काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मुख्य दलका प्रमुख सचेतकहरूलाई बैठकमा बोलाएका छन्। आइतबार बिहान बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
जेठ १३ गतेदेखि संसद अवरुद्ध भएका कारण बजेटमाथिको छलफल लगायतका कार्यतालिका प्रभावित भएको थियो। शुक्रबार भने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षसँग दुई बुँदे सहमति गरेपछि बैठक बसेको थियो। उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको विषयमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।