काठमाडौं। काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा ख नम्बरको एक यात्रुबाहक माइक्रोबस नागढुंगा सडकखण्डमा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार, दुर्घटनाको समयमा माइक्रोमा १९ जना यात्रु सवार थिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्यको सामान्य चोटपटक लागेको छ।
घाइतेहरूको उद्धार गरी सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारका लागि पुर्याइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको र थप विवरण संकलन भइरहेका छन्।